उनले एक बर्ष अघि श्रीमानसँग डिभोर्स गरेको खुलासा गरेकी हुन् । उनले चलचित्र ‘मेरो बेष्ट फ्रेन्ड’ र ‘थ्रि लभर्स’ को छायांकन सकिएपछि श्रीमानसँग डिभोर्स गरेको बताएकी छन् । उनले १ बर्ष अघि नै रोचकसाग पेपर वर्क सकेर आधिकारीक रुपमा नै डिभोर्स गरेको बताइन् । वुधबार आफ्नो जन्मदिन मनाइरहेकी प्रियंकाले डिभोर्स गरेको खबरहरु गाँइगुई बजारमा नचलेका पनि होइनन् ।
नेपाली सिनेमामा जम्ने क्रममा रहेकी प्रियंका कार्कीले यो समयमा आएर डिभोर्स गरेको खुलासा किन गरिन् त्यो उनले नै जान्ने कुरा हो । आज भन्दा ३ बर्ष अघि प्रियंकाले रोचकसँग लभ म्यारिज गरेकी हुन् । तर बिहे भएको ३ बर्षमै रोचकसँग प्रियंकाले गरेको डिभोर्सलाई अर्थपुर्ण तबरले हेर्न सकिन्छ ।
No comments:
Post a Comment