01: जब प्रचण्ड गरिबका लागि केहि नगरी छोरो को लागि दुई करोड माग्छन अनि कहाँ हुन्छ देश विकास??
चपली हाइट सेक्स ले गर्दा हिट हुन्छ त कसरि चल्छ मुना मदन अनि कहाँ हुन्छ देश विकास??
एक नम्बर लाई छाडेर आठ नम्बर को मान्छे मुख्य सचिब हुन्छ अनि त्यी सातले के काम गर्लान अनि कहाँ देश बिकास हुन्छ ??
हात मा अस्ति बनेको Samsung galaxy III बोक्ने अनि बेलुका के खाने थाहा छैन अनि कहाँ हुन्छ देश विकास ??
खाना र मासु फुटपातमा बेच्ने अनि कपडा र जुत्ता चांही मल मा अनि कहाँ हुन्छ देश विकास??
बाटो मा चुरोट खायो भने पुलिस ले समात्छ घुस खाने र भ्रस्टचरी लाई केहि गर्दैन अनि कहाँ हुन्छ देश विकास ??
जलस्रोत को धनि देश भएर पनि load Shedding छ र पनि डिजेल प्लान्ट ल्याउने भन्छ नेता हरु.... अनि कहाँ हुन्छ देश विकास ??
चिनी नब्बे रुपैया किलो चामल पचास छ सिमकार्ड चाँही सित्तैमा अनि कहाँ हुन्छ देश बिकास ??
स्कुलमा के पढ़ाउछान मतलब छैन स्कुलको नामले टाउको दुखेको छ अनि कहाँ हुन्छ देश विकास ??
देश मा पुस्तकालय भन्दा बढी सिनेमा हल छ अनि कहाँ हुन्छ देश विकास ??
सुन को भाउ बढ्दा सबै लाई चिन्ता नुन को भाउ बढ्दा बालै छैन अनि कहाँ हुन्छ देश विकास ??
अस्पताल मा कण्डम सित्तैमा पाइन्छ तर सिटामोल पाइदैन अनि कहा हुन्छ देश विकास ?
02: बोका ले आफ्नो तपस्या गरेको देखेर महादेव प्रकट भएर सोध्छन
महादेव : म तिम्रो तपस्या देखेर प्रसन्न भए भन तिमी के चाहन्छौ ?
बोका : प्रभु मलाई एउटा खोर दिनु ।
महादेव : अनि तिम्रो पुरानो खोर के भयो त ?
बोका : प्रभु त्यो त प्रकाश ओझाले भात्काइदियो
03: अफिसबाट हिंड्दा पानी पर्दै थियो.....
घर आईपुग्दा पुरै भिजेछु.....
पछाडि भिरेको झोला पनि भिजेछ.....
झोला खोलेर हेरे... धन्न ! छाता भिजेको रै'नछ......... :D
copied.
No comments:
Post a Comment